२४ घण्टामा थपियो ३ हजार ३०९ संक्रमित, ३ हजार ८४४ भयो डिस्चार्ज

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा ३ हजार ८४४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले बताएका छन् ।

हालसम्म संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । कुल १ लाख ४४ हजार ९७८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा १३ हजार १४४ जनाको पिसिआर परीक्षण भएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म सरकारले १४ लाख ९४ हजार १२२ जनाको पिसिआर परीक्षण गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस