फेरि अर्को प्रतिगमन विरुद्ध सङ्घर्ष गर्नुपर्ने हुन्छः जसपा अध्यक्ष उपेन्द्र

राजविराज, १९ कार्तिक । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपाल र अंग्रेजीमा फेडरल डेमोक्र्याटिक रिपब्लिक अफ नेपाल नलेख्न भनी जारी गरेको आदेशप्रति जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गम्भीर आपत्ति जनाएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद् बैठकले गत असोज ११ गते गरेका निर्णय अनुसार निर्णय कार्यान्वयन सम्बन्धमा कार्तिक ४ गते जारी गरिएको सरकारको निर्देशनमा “सरकारको उक्त निर्णय, निर्देशन र आदेश असंवैधानिक हुनुका साथै जनताले सङ्घर्ष, त्याग र बलिदानद्वरा प्राप्त गरेका संघीय प्रणाली, समावेशिता, लोकतान्त्रिक गणतन्त्रकै विरूद्धमा रहेको भनी प्रतिक्रिया जनाएका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवले सामाजिक सञ्जालमा लेखेका छन् ‘नेपालको संविधानको प्रस्तावनामा संघीय लोकतान्त्रिक गतन्त्रात्मक शासन व्यवस्था उल्लेख गरिएको, त्यसैगरी संविधानको धारा ४ नेपाल राज्यः (१) नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न सङ्घीय लोकतान्त्रिक गतन्त्रात्मक राज्य हो भनि लेखिएको छ ।’

सरकारको उक्त निर्णय , निर्देशन र आदेश असंवैधानिक हुनका साथै जनताले सङ्घर्ष, त्याग र बलिदानद्वारा प्राप्त गरेका संघीय प्रणाली, समावेशिता, लोकतान्त्रिक गणतन्त्रकै विरूद्धमा रहेको जसपा अध्यक्ष यादवले ठहर गरेको छ । उनले सामाजिक सञ्जालमा अगाडि लेखेका छन् ‘यो लोकतान्त्रिक गणतन्त्र, संघीय प्रणाली र समाबेशी लोकतन्त्रलाई नै धरापमा पारी मुलुकलाई निरङकुशतातर्फ अर्थात प्रतिगमनतर्फ लैजाने षड्यन्त्र गरिएको हो कि ? जनतालाई यसको स्पष्ट जवाफ नेपाल कम्युनिस्ट पार्टीले दिनु पर्दछ, जनताले अब फेरि अर्को प्रतिगमनका बिरुद्ध पनि सङ्घर्ष गर्नुपर्ने हुन्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस