प्रतिबन्धित विष्फोटक पदार्थ पटाकासहित ३ जना पक्राउ

विराटनगर, १९ कार्तिक । सुनसरीको ईटहरी उपमहानगरपालिका–८ मा रहेको एक किराना पसलबाट प्रतिबन्धित विष्फोटक पदार्थ पटाकासहित ३ जना पक्राउ परेका छन् । वडा नम्वर ११ का पसल सञ्चालक तहिर मियाँ, २५ बर्षीय प्यारचन्द चौधरी र २३ बर्षीय गणेश चौधरीलाई पटाकासहित पक्राउ गरिएको हो ।

किराना पसलबाट ३३ बण्डल विभिन्न किसिमका पटाका बरामद गरिएको छ । पसलमा पटाकाहरु भण्डारण गरी ओसार–पसार तथा बिक्रिवितरण भईरहेको गोप्य सूचनाको आधारमा पटाका बरामद गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

पटकासहित पक्राउ परेका मानिसहरुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप कानुनी कारवाही अगाडी बढाईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस