प्रदेश २ मा आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

जनकपुरधाम, १९ कार्तिक । प्रदेश २ मा बुधबार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय कुमार झाका अनुसार पछिल्लो २४ घण्टामा ६५ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १०५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ५ सय २१ पुगेको छ ।

बुधवार सवैभन्दा बढी सप्तरीमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी धनुषामा १६ जना, बारामा ९ जना, महोत्तरीमा ६ जनामा संक्रमण देखिएको छ । रौतहटमा ५ जना, सिरहामा ४ जना, पर्सामा ३ जना, सर्लाहीका १ जना र अन्य प्रदेशका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशक झाले बताए ।

यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सिरहाको सुखिपुर नगरपालिका–८ का ७४ वर्षीय पुरुषको मृत्यु भएको निर्देशक झाले जानकारी दिए । योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस