स्वास्थ्य मन्त्रालयद्वारा १९१ जना कर्मचारी माग (यसरी भर्नुस् फर्म)

जनकपुरधाम, २० कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले १९१ जना कर्मचारी माग गरेको छ ।

केस अनुसन्धान, कन्ट्रयाक्ट ट्रेसिंग, पेसेन्ट प्रोफाइल तथा प्रयोगशाला सम्बन्धी तथ्यांक संकलन लगायतको काम गर्नका लागि भन्दै मन्त्रालयले कर्मचारी दरखास्त आह्वान गरेको हो ।

कोभिड–१९को महामारी व्यवस्थापनमा थप सहयोग पुर्याउने उद्देश्यले गत भदौ ३१ को निर्णयअनुसार कर्मचारी राख्न लागिएको छ । दरखास्त फारम www.dohs.gov.np मा उपलब्ध रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा बिरामी प्रोफाइल, प्रयोगशाला सम्बन्धी तथ्यांक व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतमा काम गर्न तीन महिना अवधिका लागि कर्मचारीहरू राख्न लागिएको जनाएको छ ।

१८ वर्ष पुगेका र ४० वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । आजदेखि सात दिनभित्र दरखास्तका लागि समय छ ।

Author:



क्याटोगरी छान्‍नुहोस