अमेरिकाको राष्ट्रपति निर्वाचनमा बाइडेन जीत नजिक

एजेन्सी । यतिबेला अमेरिकाको राष्ट्रपति चुनावको परिणामतर्फ संसारकै ध्यान केन्द्रित भएको । यद्यपी हालसम्म अन्तिम नतिजा भने सार्वजनिक हुन सकको छैन । यद्यपी डेमोक्रेटिक पार्टीका बाइडेन बहुमतको नजिक पुगिसकेको छ ।

पछिल्लो मतगणना परिणाम अनुसार बाइडेनले २५३ र ट्रम्पले २१४ इलेक्टोरल मत पाएका छन् ।  न्यूयोर्क टाइम्सको लेटेस्ट अपडेट अनुसार ६ राज्यको ७१ इलेक्टोरल मतमा छिनोफानो हुन बाँकी रहेको छ । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र उनका डेमोक्रेटिक प्रतिद्वन्द्वी बाइडनका बीच कडा प्रतिष्पर्धा देखिए पनि बाइडन भने अग्रस्थानमा रहेको छ ।

यता ट्रम्पले मतगणनामा त्रुटी भएको आरोप लगाएका छन् । उनले सुप्रीम कोर्ट जाने तयारी गरेका छन् । मतगणना जारी रहेको अवस्थामा मत परिणामको विषयलाई लिएर सम्भावित अप्रिय घटना हुन नदिन पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
ट्रम्पको पक्षले डेमोक्रेटिक पार्टीमाथि चुनावी भ्रष्टाचारको आरोप लगाउँदै त्यसको भण्डाफोर गर्ने धम्की दिएको छ ।

picture credit/edition.cnn.com

Author:



क्याटोगरी छान्‍नुहोस