अर्नब गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइयो

जनकपुरधाम, २० कार्तिक । भारतीय टेलिभिजन रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ । आत्महत्या दुरूत्साहनको अभियोगमा बुधबार पक्राउ परेका गोस्वामीसँगै अन्य दुई जनालाई बुधवारै राति न्यायिक हिरासतमा पठाइएको हो ।

बीबीसी हिन्दीमा उल्लेख समाचारअनुसार अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनी पक्राउ परका छन् । यसै वर्ष महाराष्ट्र सरकारले घटनाको सिआईडी जाँच गर्न आदेश दिएको थियो ।

अर्नब र अन्य दुई जनाले ५३ वर्षीय इन्टेरियर डिजाइनरको बाँकी पैसा नदिएपछि ५३ वर्षीय डिजाइनरसहित उनकी आमाले आत्महत्या गर्नुपरेको भन्दै घटनामा सिआइडीद्वारा पुनः जाँचको आदेश दिइएको थियो ।

राज्यका गृहमन्त्री अनिल देशमुखले मृतक डिजाइनर अन्वय नाइककी छोरी आज्ञा नाइकले बाँकी पैसा नदिएको बारेमा जाँच नभएको दाबी गर्दै आएको बताए । उनका अनुसार यसै कारणले डिजाइनर र उनकी आमाले आत्महत्या गर्न बाध्य भएका हुन् ।

अन्वय नाइकले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा उनले आफूले पाउनुपर्ने ५.४० करोड भारू भुगतान नपाएपछि आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए ।

यो पनि :

भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ, यस्तो छ कारण

Author:



क्याटोगरी छान्‍नुहोस