‘गूगल प्ले स्टोर’ले हटाए १७ खतरनाक एप्स, कत्तै तपाईको मोवाइलमा त छैन् यी एप्स ?

मधेश लाइभ । डाटा चोरीको आरोप लागेका १७ वटा खतरनाक एप्सलाई ‘गूगल प्ले स्टोर’बाट हटाइएको छ । गूगलले प्रयोगकर्ताको सुरक्षालाई मध्यनजर गर्दै आफ्नो अफिसियल प्ले स्टोरबाट १७ वटा एप्सलर्य हटाएको हो ।

यद्यपी, प्रयोगकर्ताले आफ्नो मोवाइलमा पहिलेदेखि नै इन्सटँल गरेर राखेका ती एप्सहरु कायमै रहेको छ । ती एप्स प्रयोगकर्ता आफैले हटाउनुपर्ने गूगलले आग्रह गरेको छ ।

गूगलका अनुसार ती एप्समा सवैभन्दा खतरनाक मानिएको ‘जोकर’ ग्रुपका मेलवेयर रहेको छ । एक अध्ययनका अनुसार ती एप्सहरु १२ लाख पटक डाउनलोड गरिएको छ ।

डाटा चोरीको आरोप

क्लाउट सिक्यूरिटी कम्पनीका अनुसार सो मेलवेयर प्रयोगकर्ताको मोवाइलमा रहेको म्यासेज, सम्पर्क र डिभाइसमा रहेको अन्य जानकारीहरु चोरी गर्न डिजाइन गरिन्छ ।

यसकासाथै प्रयोगकर्ताको अनुमति विना नै भाइरसयुक्त सामाग्रीहरुलाई इन्सटँल गर्छन् । र, क्रेडिट कार्ड, डेबिट वा कुनै पनि प्रकारको बैंकिंग लेनदेनलाई पनि प्रयोग गर्न सकिने कम्पनीको भनाई छ ।

प्ले स्टोरबाट हटाइएका यी हुन् १७ एप्स:

  • All Good PDF Scanner
  • Mint Leaf Message-Your Private Message
  • Unique Keyboard – Fancy Fonts & Free Emoticons
  • Tangram App Lock
  • Direct Messenger
  • Private SMS
  • One Sentence Translator – Multifunctional Translator
  • Style Photo Collage
  • Meticulous Scanner
  • Desire Translate
  • Talent Photo Editor – Blur focus
  • Care Message
  • Part Message
  • Blue Scanner
  • Hummingbird PDF Converter – Photo to PDF
  • All Good PDF Scanner
Author:



क्याटोगरी छान्‍नुहोस