उदयपुरको त्रियुगामा कोरोना कहर, ९ दिनकालागि नगरपालिका कार्यालय बन्द

विराटनगर, २० कार्तिक । उदयपुरको त्रियुगा नगरपालिकाका ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ ।

नगरपालिका कार्यालयले विहिवार सूचना जारी गर्दै नगरपालिकामा कार्यरत कर्मचारीसहित ७४ जनाको स्वाब परिक्षणका लागि पठाइएकोमध्ये ८ जनाको कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

थप संक्रमणको जोखिमलाई नियन्त्रण गर्न कार्तिक २० गतेदेखि २८ गतेसम्मकालागि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको सूचनामा उल्लेख छ ।

सूचना हेर्नुस् :

Author:



क्याटोगरी छान्‍नुहोस