पछिल्लो २४ घण्टामा ३ हजार ५१ कोरोना संक्रमित थपिए, ३ हजार ४३० जना कोरोनामुक्त

जनकपुरधाम, २० कार्तिक । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको १ लाख ४८ हजार ४०८ संख्या पुगेको छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको मन्त्रालयले जनाएको छ । यसैगरी हालसम्म पीसीआर विधिबाट १५ लाख ७ हजार १९० जनाको परीक्षण भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस