भारतमा काेराेनाबाट मृत्यु हुनेको संख्या १ लाख २८ हजार नाघ्याे

जनकपुरधाम । भारतमा काेराेना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५४९ जनाको मृत्यु भएकाे छ । याेसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २८ हजार १६४ पुगेको छ ।

भारतमा केही सातायता संक्रमण दर घट्दै गएको पनि पछिल्लो २४ घण्टामा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । २४ घण्टामा ४८ हजार २८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएछ ।

याेसँगै संक्रमितको संख्या ८६ लाख ८४ हजार ३९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८० लाख ६४ हजार ५४८ जना संक्रमणमुक्त भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस