लागु औषध सम्वन्धी मुद्दामा दुई जना युवा जेल चलान

राजविराज, २६ कार्तिक । सप्तरीको विभिन्न स्थानबाट लागु औषध सम्वन्धी मुद्दामा पक्राउ परेका दुई जना युवालाई जेल चलान गरिएको छ ।

सप्तरीको खडक नगरपालिका वडा नम्वर २ का २५ वर्षिय मुकेश कुमार साह र राजविराज नगरपालिका वडा नम्वर ७ का १९ वर्षिय चन्द्रदेव चौधरीलाई जेल चलान गरिएको हो । गत भदौ २४ गते गते राजविराज नगरपालिका वडा नम्वर ९ रुपनी राजबिराज सडक खण्डको गिता पेट्रोल पम्प नजिक स ४ प.७२० नम्वरको मोटरसाईकल शंका लागेर चेकजाँच गर्दा उनले बोकेको झोलाबाट लुकाई छिपाई राखेको लागु औषध नाईट्राभेट १६५ ट्याबलेट फेला परेको थियो ।

मोटरसाईकल सहित उक्त लागु औषध बरामद गरी उनलाई पक्राउ गरी कानून बमोजिम लागु औषध मुद्दामा अनुसन्धान तहकिकात गरी मुद्दाको सम्पुर्ण अनुसन्धान पश्चात सक्कलै मिसिल सप्तरी जिल्ला अदालतमा पेश हुँदा कार्तिक २५ गतेको आदेशले पुर्पक्षकोलागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।

यसैगरी गत असोज ७ गते तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर १ बाट राजविराज नगरपालिका वडा नम्वर ७ का १९ वर्षिय चन्द्रदेव चौधरीको साथबाट नाईट्राभेट ६० ट्याबलेट फेला पारेको थियो । लागु औषध मुद्दाको अनुसन्धान पश्चात बुधबार सप्तरी जिल्ला अदालतको आदेशबाट पुर्पक्षकोलागि कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक साहले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस