विहारमा नीतीश कुमार आज मुख्यमन्त्री पदमा शपथ लिँदै

राजविराज । भारत विहार विधानसभाको चुनाव सकिएपछि आज नीतीश कुमार चौथो पटक मुख्यमन्त्री पदमा शपथ लिँदैछन् । शपथ ग्रहण समारोह राजभवनस्थित राजेन्द्र मण्डपमा साँझ साढे ४ बजे आयोजना हुनेछ ।

उनीसँगै नयाँ मन्त्रीमण्डलका मन्त्री पनि शपथ लिनेछन् । दैनिक जागरण्मा उल्लेख भएअनुसार आज ८ देखि १० जना मन्त्रीले शपथ लिनेछन् । उपमुख्यमन्त्री पदमा भाजपा नेता एवं पूर्व डिप्टी सीएम सुशील कुमार मोदीले नै पुनः शपद लिनसक्ने जनाएको छ ।

उता, भाजपाका वरिष्ठ नेता तारकिशोर प्रसादलाई विधानमण्डलका नेता चयन गरिएको छ । उपनेतामा रेणु देवीलाई चयन गरिएको जनाएको छ । भाजपाको कोटाबाट यस पटक दुई जना डिप्टी सीएम बनाउने तयारी छ ।

गत आइतवार मुख्यमन्त्री निवासीमा एनडीए (नेशनल डेमोक्रेटिक एलायन्स)का विधायक दलको बैठकबाट नीतीश कुमारले नेता चयन गरेका छन् । यस पटक उनले राज्यपाल फागु चौहानसँग मिलेर सरकार बनाउने दावी पेश गरेका थिए ।

राज्यपालद्वारा सरकार बनाउने आमन्त्रणापछि आज शपथ ग्रहण समारोह आयोजना गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस