सप्तरीको तिरहुत, कञ्चनरुप र सुरुङ्गामा अस्पताल शिलान्यास

 

राजविराज, १५ मंसिर । स्थानीय तहसम्म सहज रुपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यकासाथ नेपाल सरकारको निर्णय अनुसार सप्तरीको तीन स्थानीय तहमा १५ शैय्याको आधारभूत अस्पताल सोमबार  शिलान्यास गरिएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट देशैभरिका ३९६ वटा स्थानीय तहका स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी ५–१०–१५ शैय्याको अस्पताल निर्माण गर्न लागिएको हो । जस अनुसार सप्तरीको कञ्चनरुप नगरपालिकास्थित कञ्चनपुर प्राथमिक स्वास्थ्य केन्द्र, सुरुङ्गा नगरपालिकास्थित कडरबोना प्राथमिक स्वास्थ्य केन्द्र र तिरहुत गाउँपालिकास्थित लोहजारा स्वास्थ्य केन्द्रलाई १५–१५ शैय्याको अस्पतालमा स्तरोन्नति गर्ने उद्देश्यकासाथ शिलान्यास गरिएको छ ।

जिल्लाको कञ्चनरुप नगरपालिकामा मेयर वसन्त कुमार मिश्र, सुरुङ्गा नगरपालिकामा मेयर मुक्तिनाथ चौधरी र तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्त कुमार बहडखेरले एक साथ शिलान्यास गरेका छन् । कुल बजेट १८ करोड रहेको उक्त अस्पतालको निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न हुने लक्ष्य रहेको छ । चालु आर्थिक वर्षमै निर्माण कार्यकालागि १ करोड २३ लाख रुपैयाँ उपलब्ध हुने तिरहुत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज कुमार देवले जानकारी दिएका छन् ।

तिरहुत गाउँपालिकाका वडा नम्वर ५ का अध्यक्ष रामानन्द चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष हेमन्त कुमार बहडखेरको प्रमुख आतिथ्यमा आयोजित शिलान्यास कार्यक्रममा स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सुर्यनाथ यादव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, गाउँपालिकाकी उपाध्यक्ष तिर्थमाया मण्डल, वडा अध्यक्षहरु शिवनारायण मेहता, जयप्रकाश यादव, भोगानन्द महात्मान, मनोज कुमार यादव लगाायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
सोही अवसरमा लोहजरामा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस