उदयपुरको बेलका नगरपालिकामा भरुवा बन्दुक पड्किएर वन रक्षकको मृत्यु

विराटनगर, १८ मंसिर । उदयपुरको बेलका नगरपालिका–१ मा भरुवा बन्दुक पड्किएर गए राति एक वन रक्षकको मृत्यु भएको छ ।

वास्तोला सव डिभिजन वन कार्यालय तपेश्वरीमा कार्यरत वन रक्षक सुनसरीको दुहवी घर भएका ४० वार्षीय लेखनाथ वास्तोलको बन्दुक पड्किएर मृत्यु भएको उदयपुर प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए ।

उनका अनुसार जंगलमा गस्ती गर्न निस्किएका वन रक्षकले लोड गरेको अवस्थामा भरुवा बन्दुक फेला पारेर राति १० बजेतिर कार्यालयतर्फ ल्याउन लागिएको थियो । गाडीबाट निकाल्ने क्रममा कार्यालयको गेटमै पड्किएको र उनको छात्तीमा छर्राले लागेर मृत्यु भएको एसपी दाहालले बताए । घटनाबारे थप अननुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकारात्मक तस्बिर ।

Author:



क्याटोगरी छान्‍नुहोस