सिरहाका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

लहान, २० मंसिर । सिरहाका थप एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि मिर्चैया नगरपालिका–१ का ७५ वर्षीय पुरुषलाई नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

सोही क्रममा उनको पिसीआर परीक्षण गर्दा विहिवार कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा उनको गए राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780