उदाहरणीय कदमः अधिकृत युवकले गरे आदर्श विवाह

 

राजविराज, २० मंसिर । समाजमा दाइजोका कारण वैवाहिक सम्वन्धमा समस्या भईरहँदा शिक्षित युवायुवती बिनो दाइजो दाम्पत्य जिवनमा बाँधिएका छन् ।

धनुषा जिलाको बटेश्वर गाउँपालिका वडा नम्बर १ स्थित चित्रपुर निवासी कपिलदेव महतोका छोरा श्यामसुन्दर महतोले यसरी आदर्श विवाह गरेका हुन् । तराई मधेशमा कुप्रथाको रुपमा रहेको दाइजो प्रथालाई चुनौती दिँदैं श्यामसुन्दरले धनुषाधाम नगरपालिका वडा नम्बर ६ हरिपुर निवासी मिश्री महतोको छोरी सन्जु कुमारी महतोसँग गत मंसिर १७ गते विवाह गरेका छन् ।

दाइजो प्रथालाइ निर्मूलीकरण र समाजमा छोरीप्रतिको सकारात्मक सन्देश दिन उनले आदर्श विवाह गरेको प्रतिक्रिया दिएका छन् । समाजिक परिवर्तनकालागि आफैबाट शुरुवात हुनुपर्ने तथा दाइजो लिनेलाई समाजले वहिष्कार गर्नुपर्ने उनको भनाई छ । श्यामसुन्दर हाल प्रदेश नम्वर २ को मुख्यमन्त्री कार्यालयमा प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780