नयाँ बुहारीहरुको अनुभवः पारिवारिक सम्वन्ध सुध्रिदै गएको छ

राजविराज, २० मङ्सिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत राजविराजमा शनिबार लैङ्गिक रुपान्तरण सम्बन्धी सिकाई तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

अभियानको मूल समारोह समितिका अध्यक्ष इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नयाँ बुहारीहरुले लैङ्गिक रुपान्तरणका अनुभवहरु सुनाए । सहभागी राजविराज नगरपालिका ६ का रेणुदेबी राम, दिपिका चौहान, ज्योती साह, कल्पनादेबी राम, कजरा खातुन, आरतीदेबी रामले आ–आफ्नो अनुभव सुनाउँदै घरपरिवारमा बोली–व्यवहार समेत परिवर्तन भएको जानकारी दिईन् । श्रीमान, सासु–ससुराले पहिले भन्दा बढी सहयोग गर्न थालेको, झगडा र विवाद बन्द भएको, घरायसी काममा सरसल्लाह र सहयोग हुन थालेको बताउँदै सहभागीहरुले जिविकोपार्जन कार्यक्रमले जीवनमा परिवर्तन आउन थालेको अनुभव सुनाए ।

कार्यक्रममा वडा अध्यक्ष प्रेमकुमार यादवले सहज परियोजनको कार्यक्रमको थप आवश्यक्ता रहेकोले परियोजना विस्तार गर्न जोड दिए । जिविकोपार्जन सल्लाहकार रामनाथ साहद्वारा सञ्चालित अन्तरक्रिया कार्यक्रममा भिएसओका सुनिल साह, सहज परियोजनाका कृष्णकुमार साह, रामभरोसी गुप्ता, पत्रकार ललिता साहले मन्तव्य व्यक्त गरे ।

मूल समारोह समितिको आयोजना तथा समग्र जनउत्थान केन्द्रको संयोजनमा आयोजित कार्यक्रममा सहजकर्ता मुन्नीकुमारी राम र नयाँ बुहारी आरतीदेबी रामले समेत आ–आफ्नो अनुभव सुनाईन् ।

Author:



क्याटोगरी छान्‍नुहोस