मन्त्री साहद्वारा सिराहामा पिसिआर प्रयोगशाला उद्घाटन

 

राजविराज, २८ मंसिर । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सिरहा अस्पतालमा जडान गरिएको पिसिआर ल्याबको उद्घाटन गरेका छन् ।

पिसिआर प्रयोगशाला उद्घाटन समाहरोहलाई सम्बोधन गर्दै मन्त्री साहले कोरोनाको प्रतिकार्यकालागि प्रदेश सरकार केन्द्रको मुख नताक्ने बताउँदै आठै जिल्लामा पिसिआर ल्याव स्थापना गरिएको बताए । सिरहा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति सिराहाको सभापति, सामाजिक विकास मन्त्रालयका सचिव, प्रदेश स्वास्थ्य निर्देशक विजय कुमार झा, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्रवण मिश्र, सिराहा नगरपालिका प्रमुख अशेश्वर यादव, धनगढीमाई नगरपालिका प्रमुख हरिनारायण चौधरी, मेडिकल सुपरिन्टेन्ट नागेन्द्र प्रसाद यादवलगाायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस