तराई मधेशका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरोः जनजिवन प्रभावित

 

राजविराज, ३० मंसिर । विगत केही दिनयता तराई मधेशका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लाग्न शुरु भएको छ ।

रातिदेखि नै लाग्ने गरेको हुस्सु र कुहिरोका कारण चिसो बढ्न गई सर्वसाधारणको जनजिवन प्रभावित हुन थालेको छ । केही दिनअघिसम्म सामान्य अवस्थामा रहेको मौषममा दुई तीन दिनदेखि परिवर्तन आउन थालेको छ ।

हुस्सु र कुहिरोले गर्दा विहानको समयमा सडक तथा बजारहरुमा सर्वसाधारणको चहल पहल घटेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम तराईका केही स्थान तथा मध्य र पुर्वी तराईका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

तराईका अधिकांश भूभागमा विहानीपख लागेको हुस्सु र कुहिरो अपरान्हपछि क्रमिक रुपमा सुधार हुदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कुहिरो लागेको स्थानहरुमा राम्रोसँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनुका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

तराईका केही ठाउँहरुको बिहान ८ः४५ बजेको मापन गरिएको मौसमी अवस्था यस्तो छः

Author:



क्याटोगरी छान्‍नुहोस