दुई हजार ४६० किलो चिनीसहित चार जना पक्राउ

विराटनगर, ३० मंसिर । मोरङ प्रहरीले भन्सार छलि गरी ल्याउँदै गरेको २ हजार ४६० किलो चिनीसहित सोमवार साँझ चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रङगेली नगरपालिका–१ का २१ बर्षीय अभिषेक कुमार साह, धनपालथान गाउँपालिका–१ का १७ बर्षीय दिपक कुमार मण्डल, सोही ठाउँका १८ बर्षीय अर्जुन कुमार मण्डल र १९ बर्षीय रुपेश मण्डल रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनीहरुलाई धनपालथान गाउँपालिका–४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । चिनी ओसारपसारमा प्रयोग गरिएको को १८ प ५७४३, को २२ प १६४४ र को ११ प ६६५९ नम्बरको मोटरसाईकल पनि बरामद गरिएको छ ।

उता, सुनवर्सी नगरपालिका–७ मा पनि चोरी पैठारी गरी ल्याउँदै गरेको अनटेष्ट ट्याक्टर पनि बरामद गरिएको छ । राति करिब ८ बजेतिर प्रहरी चौकी बरडंगाबाट खटिएको टोलीले १६ लाख मुल्य बराबरको अनटेष्ट ट्याक्टर बरामद गरिएको जनाएको छ । बरामद गरिएको चिनी र ट्याक्टर आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय रानीमा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस