सुनवर्सीमा किराना पसलमा आगलागी, डेढ करोड रुपैयाँको मालसमान जल्यो

विराटनगर, ३० मंसिर । मोरङको सुनवर्सी नगरपालिका–२ अमरदहमा एक किराना पसलमा मंगलवार विहान आगलागी भएको छ । आगलागीमा डेढ करोड रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको छ ।
विहान करिब २ बजेतिर पारस साहले सञ्चालन गरेको पारस किराना पसलमा आगलागी भएको हो ।

आगलागीमा पसलमा रहेको सरसमानकासाथै पसल र पसलसँगै पछाडीपट्टि जोडिएको अर्को घर पनि जलेको छ । सो घरमा रहेको नगद २० लाख रुपैयाँ, सुन चाँदी, लत्ता कपडा जलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आगो विराटनगर, रङगेली, सुन्दरहरैचा, पथरी, बेलवारी र दमक नगरपालिका तथा कानेपोखरी गाउँपालिकाबाट गएको दमकल, नेपाल र शशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा ७ घण्टापछि नियन्त्रणमा आएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस