ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी धरौटीमा रिहा

राजविराज, १ पौष । ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी धरौटीमा रिहा भएको छ । सप्तरीको राजगढ गाउँपालिका–२ का ७० वर्षीय सन्तु यादवले दिएको जाहेरीको आधारमा सोही ठाउँका ५५ वर्षीय सिताराम यादवलाई पक्राउ गरिएको थियो ।

गत मंसिर २० गते पक्राउ गरिएको सितारामलाई गत सोमवार सप्तरी जिल्ला अदालतमा पेश गरिएकोमा मंगलवारको आदेशले उनलाई धरौटीमा रिहा गरेको हो । प्रतिवादी सितारामसँग ३० हजार रुपैयाँ धरौटी लिई तारेखमा रिहा गरिएको अदालतले जनाएको छ ।

चोरी मुद्दाका प्रतिवादी कारागार चलान

चोरी मुद्दाका अर्का प्रतिवादी कारागार चलान भएको छ । चोरी मुद्दामा कैद जरिवाना तोकिएर फरार रहेका बोदेबरसाईन नगरपालिका–७ का ५५ वर्षीय जगदेव यादवलाई गत सोमवार पक्राउ गरेको थियो ।

सप्तरी जिल्लामा अदालतले गरेको आदेश अनुसार उनलाई कारागार पठाइएको छ । यादवमाथि कैद र जरिवाना असुल उपर गर्न बाँकी रहेकोमा मंगलवार भएको आदेश अनुसार सिधाखर्च पाउने गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस