सप्तरीबाट धान बोकेर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक गम्भीर

राजविराज, १ पौष । सप्तरीबाट धान बोकेर खोटाङको खोटेहाङतर्फ जाँदै गरेको ट्याक्टर बुधवार दुर्घटनामा परेको छ । ट्याक्टर अनियन्त्रित भएर सडकबाट पल्टिएर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा सहचालक १८ वर्षीय किरण राईको घटनास्थलमै मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्याक्टर सिम्पानी–रोक्सिमभञ्ज्याङ सडक खण्डमा दुर्घटनामा परेको छ । दुर्घटनामा उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलम्ताका सहचालकको मृत्यु भएको छ ।

यसैगरी, चालक १९ वर्षीय तुजन राई गम्भीर घाइते भएका छन् । चालकलाई उपचारको लागि पठाइएको ईलाका प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस