कति ठीक, कति भ्रम ?

 

सिताराम अग्रहरी

बीपी कति ठीक कति भ्रम ? कति योग्य, अयोग्य सम्भवतः पूर्ण कार्यकालपछि सही ढंगले भन्न मिल्थ्यो । तर राजा महेन्द्रलाई कताकता आशंका थियो, बीपीमा केही बेग्लै खुबी छ, नोभेल्टी छ मलाई उछिन्ला कि ! शंका थियो, बीपीसँग अलग्गै केही विशेष गरेर साबित गरे राजतन्त्रको भविष्य धूमिल हुनसक्छ । त्यसैले जनताका छोराछोरीले राणाहरुसँग लडेर लिएको अधिकार खोस्दै लगे । अन्ततः प्रजातन्त्र मासे ।

बीपीले के कति गर्नसके, सकेनन फुल टेष्ट हुन पाएन । हुनसक्छ प्रजातन्त्र अलग्यै र विशिष्ट दिशामा जान्थ्यो कि । अहिलेका धेरै विकृति आउन्नथ्यो कि । जसकालागि उनका भाइ प्रधानमन्त्री पनि कम जिम्मेवार छैनन् । उनी रोल मोडल बन्थे कि ।

राजा महेन्द्र संवैधानिक राजा भएर, अभिभावक भएर बस्न सकेको भए देश अर्कै दिशामा जान्थ्यो कि । तर उनले राष्ट्रवादको नाममा सबै अधिकार आत्मवादमा लगाए । उनको कार्यकालको १६ बर्ष ( २०११ देखि २०२८ ) र १८ बर्ष राजा बीरेन्द्रको कार्यकाल जोडेर हेर्दा नेपाल जहाँ जानुपथ्र्याे त्यहाँ गयो त ? ली क्वान यु कुनै लोकतान्त्रिक नायक थिएनन् तर नेपालका राजा आउ भनी कराउनेहरुले तुलनात्मक अध्यन गरेर हेर्नुपर्छ । हो, आजको अवस्था निराशाजनक छ तर यो अवस्था लोकतन्त्रले गर्दा आको हो र ?

लोकतन्त्रका नाममा आफ्नो स्वार्थको नाङ्गो नाच गर्ने नीच, स्वार्थी, लोकतन्त्रका नाममा जनताको सपनाको मानमर्दन गर्नेहरुका करतुतले गर्दा आको हो । लोकतन्त्रका कैयो कमजोरी हुनसक्छ तर लोकतन्त्रमा जनताले खल नेतालाई दण्ड दिने अधिकार राख्दछ । राजतन्त्रमा के नालायक राजालाई जनताले फाल्न सक्लान् । पुस १ गते जनताको अधिकार राजाले खोसेको दिन हो । त्यो जनता जसले कैदी राजाको सम्मान फिर्ता गराउन ठूलो संघर्ष गरेका थिए ।
(साभारः वरिष्ठ पत्रकार एवम् विष्लेशक सिताराम अग्रहरीको फेसबुक वालबाट )

Author:



क्याटोगरी छान्‍नुहोस