नक्कली शिक्षक भएर लाभ लिएको आरोपमा यादवमाथि विशेष अदालतमा मुद्दा दायर

राजविराज, १ पौष । सिरहाका आधारभूत प्राथमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली स्थायी अध्यापन अनुमति पत्र पेश गरी अस्थायी शिक्षक पदमा नियुक्ती लिएर लामो समयदेखि लाभ लिएको भन्दै भोगीलाल यादवमाथि मुद्दा दायर गरेको हो ।

आयोगमा परेको उजुरीको आधारमा यादवमाथि अनुसन्धान हुँदा नक्कली स्थायी अध्यापन अनुमति पत्र पेश गरी आधारभूत प्राथमिक विद्यालय धन्छवारमा पिसीएफ प्रावि तहमा शिक्षक पदमा नियुक्ती लिएको पाइएकोले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रसेवकको ओहोदा प्राप्त गरी लामो समयदेखि अध्यापन गरेर लाभ लिएकोले प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कसुर गरेको पाइएकोले यादवलाई सोही ऐनअनुसार सजाय माग दावी गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस