मोरङको एक कुखुरा फार्ममा आगलागी भएर नौ सय चल्ला जले

विराटनगर, २ पौष । मोरङको बेलबारी नगरपालिका–९ माझी टोलस्थित एक कुखुरा फार्ममा विहिवार आगलागी भएको छ । आगलागीमा ९ सय वटा चल्ला रहेको फार्म रुपमा जलेर ध्वस्त भएको छ ।

नारायण आचार्यले सञ्चालन गरेको फार्ममा करिब बिहान २ बजेतिर आगलागी भएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

फुसको छानो भएको फार्ममा आठ सय ब्रोइलर र एक सय लोकल कुखुराका चल्ला पालिएको थियो । सवै चल्ला र फार्म जलेर छ लाखभन्दा बढी रुपैयाँको क्षति भएको जनाएको छ । आगो दमकल, प्रहरी र स्थानीयवासिन्दाको सहयोगमा नियन्त्रणमा आएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस