आज थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि, १०२९ जना डिस्चार्ज

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा हालसम्म २ लाख ५२ हजार ४७४ जना कोरोना संक्रमित भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २९ जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ जना पुगेको छ । हाल ९ हजार ३१७ सक्रिय संक्रमित छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस