चिसो बढेसँगै आलुमा डढुवा रोगको प्रकोप र निदान

 

रविन्द्र कुमार साह

तराई क्षेत्रमा चिसो बढेसँगै जनजिवन कष्टकर बन्दै गएको छ । जनजिवन कष्टकर भएसँगै आलु खेती गर्ने किसान समेत चिन्तित भएका छन् । बढ्दो चिसोसँगै आलुमा डढुवा रोगको प्रकोप बढेको छ । डढुवा रोग भनेको आलुमा खासगरी लाग्ने रोग हो । जुन जाडो बढेसँगै लाग्न सुरु हुन्छ । तराई क्षेत्रमा चिसो बढी हुने र चिसोसँगे हुस्सु र हावा चलेसँगै यो रोग बढी आक्रमण गर्छ ।

के हो डढुवा रोग ?

यो एक ढुसीजन्य रोग हो । जुन समय अनुकुल जुनसुकै बालीमा लाग्ने गर्छ । आलुमा खासगरी ५ प्रकारका ढुसीजन्य रोग लाग्ने गर्दछ । जस अन्तर्गत डढुवा रोग प्रमुख रहेको छ । डढुवा रोग पनि दुई प्रकारको हुन्छ । पछौटे डढुवा र अगौटे डढुवा नामले अगाडि पछाडि लाग्ने अर्थ भए पनि नाम अनुसार यसको प्रकृति र प्रभाव फरक रहेको छ । नामको ठिक विपरित तरीकाले यो रोगको प्रकोप रहेको पाईन्छ । अगौटे डढुवा रोग आलुबालीको उतराद्र्धमा देखापर्छ भने पछौटे डढुवा रोग बाली उम्रेपछी जुनसुकै बेला लाग्ने सक्छ ।

रोगको पहिचान

रोग लाग्नासाथ सुरु सुरुमा पातमा हलका हरियो रङ्गका विभिन्न थोप्लाहरु देखापर्छ । डढुवारोगकालागि चाहिने अनुकुल वातावरण भएमा यो रोग बढ्दै जान्छन र साना थोप्लाहरु ठुलो हुदैजान्छ । थोप्लाको भित्री भाग सुकेको खैरो रंङ्गको जस्तो देखिन्छ भने वाहिरी किनारको भाग हरियो देखिन्छ ।
ओसिलो वातावरणमा यो रोग बढ्दै जान्छ र तल्लो भागमा सेतो कपास जस्तो देखिन्छ । यो रोगको प्रकोप बढेसँगै पुरै पात सुक्छ र यो प्रकृया अरु पातमा पनि हुन्छ । अन्त्यमा बोट नै मर्छ । यदि फलेको दानाहरु माटोको सतह भन्दा माथि छ भने यो रोग आलुमा पनि संक्रमण हुन्छ । फलेको आलु पनि नष्ट हुन्छ ।

रोगको व्यवस्थापन

यो रोगको व्यव्थापन गर्न अनेकौ उपायहरु छन् । तर रोगको उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बेस मानिन्छ । डढुवा रोग लाग्नासाथ सिंचाई तुरुन्त बन्द गर्ने अथवा कम गर्दै जाने । डढुवा रोग लाग्ने आलु जातहरु जस्तै कुफी सिन्धुरी, डेजिरे कार्डिनल आदीमा रोगको लक्षण फाटफुट देखिनासाथ रक्षात्मक उपायकोलागि मेन्कोजेवयूक्त औषधी इण्डोफिल एम ४५ को ०.३ प्रतिशतको (प्रति लिटर पानिमा घ ग्राम विषादी) घोल बनाई ७ देखि १० दिनको फरक गरी छर्ने विरुवामा रोग देखिन थालेपछि मेटालेक्सिल यूक्त(सिस्टेमेटिक विषादी) रिडोमिल वा क्रनोक्सील वा क्रिलेक्सील वा मेट्को को ०.१५ प्रतिशतको (प्रति लिटर पानीमा एक सय पाँच ग्राम विषादी) घोल बनाई १५ देखि २० दिनको फरकमा दुई तीन पटक छर्नुपर्दछ ।

Author:



क्याटोगरी छान्‍नुहोस