पछिल्लो २४ घण्टामा ७१० कोरोना संक्रमित थपिदा ११७५ डिस्चार्ज

जनकपुरधाम, ४ पौष । पछिल्लो २४ घण्टामा नेपालमा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा हालसम्म २ लाख ५३ हजार १८४ जना कोरोना संक्रमित भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार १७५ जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ४२ हजार ५६७ जना पुगेको छ । हाल ८ हजार ८४० सक्रिय संक्रमित छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस