विश्वभर पछिल्लो २४ घण्टामा थप छ लाखबढी कोेरोना संक्रमित थपिए

जनकपुरधाम । विश्वभर एकै दिन छ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । वल्र्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा छ लाख १२ हजार ८०२ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस सँगै विश्वभर कोरोना संक्रमित संख्या ७ करोड ६६ लाख २० लाख १४५ पुगेको छ । जसमध्ये हालसम्म ५ करोड ३७ लाख ४७ हजार १५१ जना निको भइसकेका छन् । हाल विश्वभर २ करोड ११ लाख ८१ हजार २२२ जना कोरोना सक्रिय संक्रमित छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट १० हजार ७७१ जनाको मृत्यु भएको छ । यस सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १६ लाख ९१ हजार ७७२ पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस