संसद् विघटनविरुद्ध नेकपाआवद्ध नेता–कार्यकर्ताद्वारा सप्तरीमा प्रदर्शन

राजविराज, ५ पौष । संसद् विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सप्तरीले आइतवार राजविराजमा प्रदर्शन गरेको छ ।

संसद विघटन प्रतिगामी, अलोकतान्त्रिक र गैर संवैधानिक कदम रहेको भन्दै नेकपाआवद्ध नेता/कार्यकताहरुले प्रदर्शन गरेका हुन् ।

आइतवार विहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन प्रस्ताव पारित गरेका थिए ।

सो प्रस्ताव आइतवारै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी दुई चरणमा निर्वाचन समेत तय गरिसकेकी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस