मोरङ र उदयपुरबाट ब्राउनसुगरसहित ८ जना पक्राउ

विराटनगर, ७ पौष । मोरङ र उदयपुरबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगरसहित ९ जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई सोमवार राति ब्राउनसुगरसहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका–५ भौसावारीबाट ४० ग्राम ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कानेपोखरी गाउँपालिका–५ का १९ बर्षीय मुस्कान धिमाल, १९ बर्षीय बिक्रम मगर, २२ बर्षीय पंचन साह, कानेपोखरी–२ का २४ बर्षीय राजेश धिमाल र लेटाङ–३ का २३ बर्षीय शान्तिराम काफ्ले रहेका छन् ।

यसैगरी ब्राउसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका–११ का २५ बर्षीय जोनसेना भनिने सुमन बस्नेतलाई ०.२० ग्राम ब्राउनसुगर र ९ हजार ६२० रुपैयाँसहित पक्राउ गरेको छ ।

उनलाई सोधपुछ गर्ने क्रममा त्रियुगा नगरपालिका–१४ साउने घर भई त्रियुगा नगरपालिका–१२ का २५ बर्षीया पार्वती मगरको समेत संग्लग्नता रहेको खुलेपछि मगरलाई पनि नियन्त्रणमा लिइएको छ ।

मगरको कोठा खानतलासी गर्दा २०.३४ ग्राम ब्राउनसुगर, ५७ हजार ८ सय रुपैयाँ, ब्राउनसुगर सेवन गर्न प्रयोग हुने प्लेट, बिलेट, चुरोट र केही सिक्का पैसा समेत बरामद भएको छ ।

यसैगरी त्रियुगा नगरपालिका–१३ बरुवा खोला किनाराबाट त्रियुगा–११ का ३२ बर्षीय नसिव राईलाई पनि १६.३७ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । पक्राउ परेको सवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस