लागुऔषध सहित तीन जना पक्राउ

 

मोरङ, ८ पुस । मोरङका दुई स्थानबाट लागुऔषध ओसार–पसारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार साँझ साँढे ६ बजे मोरङको रतुवामाई नगरपालिका वडा नम्वर २ बाट २ जना र बिहान पौने ७ बजे बिराटनगर महानगरपलिका वडा नम्वर १६ बाट १ जना पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ साँढे ६ बजे रतुवामाई नगरपालिका २ डोरीयाबाट उर्लावारी नगरपालिका ७ का ३० बर्षीय नयनकाजी राई र रतुवामाई नगरपालिका ५ का २१ बर्षीय धिरज पोखरेललाई नाईट्राभेट ६० ट्याब्लेट, डाईजेल्याब ४ एम्पुल, फेनारागन २ एम्पुल, फेनारामाईन २ एम्पुल र ब्रुफिनोफिन ४ एम्पुल सहित पक्राउ गरेको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले आज बिहान पौने ७ बजे ईटहरी उप महानगरपालिका ८ का २३ बर्षीय सुमन साह हलुवाईलाई लागुऔषध नाईट्राभेट ४० ट्याब्लेट र स्पास्मोप्रोक्सिवन ८ ट्याब्लेट सहित पक्राउ परेका छन् । पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस