विश्वभर ७ करोड ९० लाखभन्दा बढी कोरोना संक्रमित

जनकपुरधाम, ९ पौष । विश्वभर एकै दिन छ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । वल्र्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा छ लाख ८३ हजार ९ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस सँगै विश्वभर कोरोना संक्रमित संख्या ७ करोड ९० लाख ५० हजार ३४ पुगेको छ । जसमध्ये हालसम्म ५ करोड ५६ लाख १९ हजार ४९५ जना निको भइसकेका छन् । हाल विश्वभर २ करोड १६ लाख ९३ हजार ३४ जना कोरोना सक्रिय संक्रमित छन् । जसमध्ये १ लाख ६ हजार ५६९ जनाको स्वास्थ्य अवस्था जटिल छ ।

यसैगरी पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट १३ हजार ४२३ जनाको मृत्यु भएको छ । यस सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १७ लाख ३७ हजार ५०५ पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780