सामूहिक जबरजस्ती करणी मुद्दाका प्रतिवादी धरौटीमा रिहा, चोरी मुद्दाका कारागार चलान

राजविराज, ९ पौष । सामूहिक जबरजस्ती करणी र आत्म हत्या दुरुत्साहन मुद्दाका एक प्रतिवादी धरौटीमा रिहा भएको छ । डाक्नेश्वरी नगरपालिका–७ का ४५ वर्षीय शत्रृधन मण्डलसँग २ लाख रुपैयाँ धरौटी तिरेर तारेखमा रिहा भएका हुन् ।

गत भदौ २९ गते भएको सामूहिक जबरजस्ती करणी र आत्म हत्या दुरुत्साहन घटनापछि मण्डल फरार थिए । घटनाको दोश्रो दिन पीडितले दिएको जाहेरीको आधारमा गत सोमवार उनलाई राजविराज नगरपालिका–६ बाट पक्राउ गरिएको थियो ।

सोही दिनलाई अदालतमा पेश गरिएकोमा बुधवार भएको आदेशले उनलाई धरौटीमा रिहा गरिएको जनाएको छ ।

यसैगरी खडक नगरपालिकाका एक चोरी मुद्दाका प्रतिवादीलाई कारागार चलान गरिएको छ । वडा नम्वर १ का अमित कुमार यादवले गरेको जाहेरीको आधारमा सोही वडाका २६ वर्षीय दिपक मण्डललाई पक्राउ गरिएको थियो ।

मोटरसाईकल चोरी मुद्दामा पक्राउ गरिएको मण्डललाई बुधवार सप्तरी जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले ५० हजार रुपैयाँ धरौटी तिर्न आदेशले दिएका थिए । धरौटी तिर्न नसक्दा मण्डललाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस