भारतमा थप २३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम, १० पौष । भारतमा थप २३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । वल्र्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ९२४ जना संक्रमित थपिएसँगै भारतमा संख्या १ करोड १ लाख ४७ हजार ४६८ पुगेको छ ।

२४ घण्टामा २५ हजार १३४ जना संक्रमणमुक्त भएका छन् । यस सँगै भारतमा हालसम्म ९७ लाख १७ हजार १९८ जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी २४ घण्टामा संक्रमणबाट थप ३५० जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार १२८ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस