२४ घण्टामा नेपालभर ७०८ कोरोना संक्रमित थपिए, आठ जनाको मृत्यु

जनकपुरधाम, १४ पुस । पछिल्लो २४ घण्टामा नेपालभर ७०८ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल संक्रमित २ लाख ५९ हजार ५४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलवार अद्यावधिक गरिएको विवरणअनुसार २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म २ लाख ५१ हजार ३१२ जना कोरोना संक्रमणपछि निको भएका हुन् ।

हाल छ हजार ३९६ कोरोनाका सक्रिय संक्रिमत छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाबाट १ हजार ८४० जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस