एसइईका लागि आवेदन र रजिष्ट्रेशन फारम भर्ने समय तोकियो

जनकपुरधाम । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार पुस १६ गतेदखि माघ २१ गतेसम्म आवेदन फारम भर्नु समय तोकिएको छ ।

हाल कक्षा १० मा पढिरहेका विद्यार्थीहरुले रजिष्ट्रेशनको अर्थकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७५ वा त्यसभन्दा पहिले निम्न माध्यमिक शिक्षा परीक्षा अर्थात् कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपिलगायत सम्बन्धित विद्यालयमा बुझाउन समेत बोर्डले आग्रह गरेको छ ।

त्यसैगरी यस वर्षको कक्षा ९ मा साधारण तथा प्राविधिकतर्फ पढिरहेका विद्यार्थीहरुका लागि पनि रजिष्ट्रेशन फारम भर्न बोर्डले आग्रह गरेको छ ।

सूचना हेर्नुहोस्ः

Author:



क्याटोगरी छान्‍नुहोस