प्रदेश २ मा नेकपा संसदीय दलका नेताबाट सत्यनारायणलाई हटाउने दाहाल–नेपाल समूहको तयारी

जनकपुरधाम १७ पुस । नेकपाको दाहाल–नेपाल समूहले प्रदेश २ को नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउन तयारी थालेको छ ।

मण्डललाई हटाउन दुई दिन अगाडि नै संसदीय दलका उपनेता रामकुमार यादवलाई २० जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाइसकेको दाहाल–नेपाल समूहका नेकपा सांसद शत्रुधन महतोले जानकारी दिए । प्रदेश २ मा नेकपाका ३२ सांसद छन् ।

जसमध्ये तत्कालीन एमालेका २१ र माओवादीका ११ सांसद छन् । २१ मध्ये १३ जना ओलीको पक्षमा छन् । २० जना आफ्नो पक्षमा रहेको दाहाल–नेपाल समुहका प्रदेश सांसद महतोको दावी छ ।

दाहाल–नेपाल समूहले शुक्रवार पत्रकार सम्मेलन गरी पुस १८ देखि २४ गतेसम्म प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनका कार्यक्रम गर्ने निर्णय सार्वजनिक गरेको छ ।

जसका लागि नेकपा प्रदेश २ का सह ईन्चार्ज विश्वनाथ साहको संयोजकत्वमा १ हजार १ सदस्यीय प्रदेश संघर्ष समिति समेत गठन जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस