लागुऔषध गाँजा सहित तीन जना पक्राउ

 

सुनसरी, १८ पुस । सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्वर ९ बाट नियन्त्रित लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।

गाँजाको ओसारपसार भईरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको केरावारी गाउँपालिका वडा नम्वर १ का २४ बर्षीय मान बहादुर लिम्बुलाई शुक्रबार बिहान राती १ बजे २ केजी ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । साथै लिम्बुले गाँजा ओसारपसारमा प्रयोग गर्दै आएको को १४ प ९२०९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ ।

यसैगरि मोरङ केराबारी १० खदम खोला स्थित एरियाबाट दुई जना गाँजासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ केराबारी ७ का १७ बर्षीय बिशेष राई र सोही स्थानका १९ बर्षीय बिपिन लिम्बु रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय केराबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले शुक्रबार बेलुका ६ बजे २ केजी गाँजा सहित पक्राउ गरेको छ ।

यसरी लागुऔषध गाँजा सहित पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा कानूनी कार्वाही अगाडि बढाईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस