‘नैना नुकाकऽ जे तकलौँ’ म्युजिक भिडियो सार्वजनिक (भिडियो हेर्नुहोस्)

 

मैथिली गीत–सङ्गीतको क्षेत्रमा मौलिकता छायामा पर्दैगएको अवस्थामा ‘नैना नुकाकऽ जे तकलौँ’ मैथिली म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ओएसआर डिजिटल युट्यूब च्यानलबाट उक्त गीत आईतवार सार्वजनिक गरिएको हो । प्रसिद्ध गायक नितिन गजुरेल र चर्चित गायिका ज्योती विश्वकर्माको स्वरमा रहेको उक्त गीत मैथिली गीत–सङ्गीतको क्षेत्रमा आफ्नै विशिष्ठता रहेको छ । मैथिली संगीतका चर्चित युवा गीतकार विद्यानन्द वेदर्दीको शब्द रहेको उक्त म्युजिक भिडियोमा अभिनेत्री अञ्जली अधिकारी र मैथिली सिने जगतको चर्चित युवा फेस मोडेल अशोक आर्यन यादवको प्रेमिल अभिनय रहेको छ । उक्त गीतको सङ्गीत कम्पोज नितिन गजुरेल र सङ्गीत संयोजन राजीव साहले गरेका छन् ।

प्रसिद्ध कोरियोग्राफर एवं निर्देशक सुरेन्द्र बसेलको निर्देशन रहेको छ । बुद्ध थापाले छायाङ्कन गरेको उक्त गीतको ईडिट, कलरिङ्ग र पोस्टर डिजाइन विष्णु थापाले गरेका छन् । गीति भिडियोको प्रस्तुति मिथिला अभियन्ता विद्यानन्द वेदर्दीको रहेको छ बने पोस्ट प्रोडक्शन सफल मोसन पिक्चरले गरेको छ ।

गायक नितिन गजुरेलको यो दोस्रो मैथिली गीत हो । मैथिली भाषाको म्युजिक भिडियोहरुमध्ये ‘नैना नुकाकऽ जेँ तकलौँ तँ प्रीत भऽ गेलै’ले गुणस्तरियता समेतलाई ध्यानमा राख्दै सम्पूर्ण प्रेमिल मन भएका श्रोताहरूलाई लक्षित गरेर मैथिली भिडियोको मुहार फेर्न सभ्य, सुसज्जित सिनहरू राखेर पारिवारिक माहोलमा सुच्चा स्नेहको सञ्चार हुन सक्ने उद्देश्यले यो भिडियोलाई तयार गरिएको गीतकार विद्यानन्द वेदर्दीले जानकारी दिएका छन् ।

उनका अनुसार ‘नैना नुकाकऽ’ मैथिली क्षेत्रमा बढ्दै गएको अश्लीलता हटाउन चाहने निरन्तर प्रयासमा लागेका सामाजिक अभियानमा चिन्तनशील विचारधाराका श्रोताहरूलाई औधी मन पराउने निर्माण पक्षको अपेक्षा छ । नेपाली भाषा गीत–सङ्गीत क्षेत्रमा छुट्टै पहिचान बनाएका र मैथिली जगतमा पहिचान बनाई रहेका कलाकारहरूको सहभागिता रहेको उक्त महत्वपूर्ण हुने गीतकार वेदर्दीको भनाई छ ।

भिडियो हेर्नुहोस्

Author:



क्याटोगरी छान्‍नुहोस