सप्तरीमा ट्रकको ठक्करबाट मण्डलको मृत्यु

राजविराज, २१ पुस । सप्तरीको रुपनी गाउँपालिकामा गए राति ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत वडा नम्वर ६ स्थित विरेन्द्र बजारमा दुर्घटना भएको हो ।

दुर्घटनामा विष्णुपुर गाउँपालिका–१ वासितपुरका ३५ वर्षीय रामकुमार खत्वे मण्डल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ठक्कर दिने ट्रकको नम्वर खुल्न सकेको छैन् । यद्यपी, अगाडीको भागमा रगत लागेको एक ट्रक नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक साहले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस