सप्तरीको कोइलाडीमा पक्की पुल शिलान्यास

राजविराज, २१ पुस । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्वर ४ कोइलाडीमा सोमबार पक्की पुलको राष्ट्रिय सभाका सदस्य शेखरकुमार सिंहले शिलान्यास गरेका छन् ।

पुल निर्माणको शिलान्यास गर्दै राष्ट्रिय सभा सदस्य सिंहले नयाँ पुल निर्माणले उक्त भेगका बासिन्दाहरुलाई आवतजावतमा सहज हुने बताए । नयाँ पक्की पुल निर्माण गरिने स्थानमा रहेको काठे पुल जिर्ण भएको थियो । काठे पुल भएर खोला तर्नुपर्ने अवस्थालाई विस्थापित गर्दै नयाँ पुल निर्माण कार्य थालिने गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिए।

पूर्वाधार विकास कार्यालयद्वारा टेण्डर गरिएको उक्त पुलको कूल लागत एक करोड ७७ लाख ४० हजार छ सय रुपैयाँ रहेको छ । धरानको सूर्या एण्ड सन्स प्रा.लि.ले उक्त पुल निर्माणको ठेक्का पाएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780