दाहाल–नेपाल समूहको अनेरास्ववियुद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

जनकपुरधाम, २१ पुस । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाका दाहाल–नेपाल समूहको अनेरास्ववियुले आन्दोलन घोषणा गरेको छ । आज बिहान काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।

जसअनुसार पुस २१ गतदेखि २९ गतेसम्म आन्दोलन छ । घोषित कार्यक्रममा मन्त्रीहरूलाई कालोझण्ड देखाउँनेदेखि बयलगाडा प्रदर्शनसम्म हुनेछन् ।

मन्त्रीहरुलाई कालो झण्डा देखाउने, प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन तथा कोणसभा, उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन–सिटी–लाठी जुलुस प्रदर्शन लगायत आन्दोलनका कार्यक्रम रहेको जनाएको छ ।

विज्ञप्ति हेर्नुहोस्ः

Author:



क्याटोगरी छान्‍नुहोस