जनकपुरधाम । नेपाली बजारमा आइतवार सुनको मूल्य प्रतितोला २ हजार ३ सय रूपैयाँले घटेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९५ हजार ३०० रूपैयाँमा कारोबार भएकोमा आइतवार ९३ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तेजाबी सुन भने अाइतवार प्रतितोला ९२ हजार ५ सय रूपैयाँमा कारोवार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्य पनि प्रतिताेला ६० रुपैयाँले घटेको छ । चाँदी आइतवार प्रतितोला एक हजार २७० रूपैयाँमा कारोवार भइरहेको जनाएको छ ।