ब्राउन सुगर र ट्याव्लेट सहित ६ जना पक्राउ

 

बिराटनगर, २६ पुस । प्रदेश नम्बर १ को झापा र मोरङ जिल्लाको तीन छुट्टाछुट्टै स्थानबाट शनिवार दिउँसो लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो दमक नगरपालिका वडा नम्वर ७ का ३६ बर्षीय किसन अग्रवाललाई ३ ग्राम १६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिराटनगर वडा नम्वर १४ जतुवाबाट पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मे १ च २८६२ नम्बरको कारमा सवार रहेका अग्रवाललाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद गरेको थियो ।

यस्तै बिराटनगर महानगरपालिका वडा नम्वर १६ दरैया वस्तीबाट लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप महानगरपालिका वडा नम्वर १५ का २१ बर्षीय विशाल बि.क., धरान वडा नम्वर २ का २६ बर्षीय बिकाश कट्वाल, रामधुनी नगरपालिका वडा नम्वर ५ का ४२ बर्षीय रमेश लिम्बु र बराह नगरपालिका वडा नम्वर ५ का २० बर्षीय निकेश श्रेष्ठलाई लुपिजेसिक वडा नम्वर १६ एम्पुल , फेनारगन वडा नम्वर १६ एम्पुल र एभिल १६ एम्पुल सहित शनिवार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी झापाको मेचीनगर नगरपालिका वडा नम्वर १० धुलावारीबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ बर्षीय अनिल सहनीलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित शनिवार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस