जसपाको विरोध सभामा उर्लियो जनसागर (हेर्नुहोस् तस्विर)

राजविराज, ७ माघ । जनता समाजवादी पार्टी सप्तरीले असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी कदम विरुद्ध राजविराजमा बुधबार आयोजना गरेको वृहत जनप्रदर्शन तथा विरोध सभा भव्यताकासाथ सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम राजविराजमा विरोध कार्यक्रम आयोजना गरिएको हो । उक्त सभामा जिल्लाको १८ ओटै स्थानीय तहबाट गाउँगाउँका जनसमुदायको सहभागिता रहेको थियो । चर्को नाराबाजी गर्दै सदरमुकाम राजविराज आईपुगेको विरोध जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेको छ । सभामा करिब २० हजार भन्दा बढी जनसमुदायको सहभागिता रहेका कारण व्यवस्थापनमा प्रहरीलाई हम्महम्मे परेको थियो । जनमानसको सहभागिताले राज रङ्गशाला खचाखच भरेको थियो ।

विरोधसभालाई पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरु रेणु यादव, मृगेन्द्र कुमार सिंह यादव, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह लगायत शिर्ष नेताहरूले सम्बोधन गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस