सप्तरीमा दाहाल–नेपाल समूहका वडाध्यक्षसहित छ जना नेता–कार्यकर्ता प्रहरी नियन्त्रणमा

राजविराज, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओली कदमको विरोधमा उत्रिएका वडाध्यक्षसहित छ जना दाहाल–नेपाल समूहआवद्ध नेकपाका नेता/कार्यकतालाई विहिवार सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजविराज–६ का वडाध्यक्ष प्रेम यादव, युवा संघ सप्तरीका अध्यक्ष विनोद यादव, राजु जैसवाल, छेदी रजक, मुकेश यादव र बमबम झालाई नियन्त्रणमा लिएको हो । राजविराजबाट बजारबाटै उनीहरुलाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले राजविराजमा हुन लागेको कार्यक्रममा तनाव बढाउनेसक्ने आंशकामा केही नेताहरुलाई नियन्त्रणमा लिएको बताए । ओली समूहले विहिवार राजविराजमा र्यालीसहितका कार्यक्रम आयोजना गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780