नेकपालाई कार्यक्रम गर्न सभाहल नदिने निर्णय, अब कहाँ हुन्छ कार्यक्रम ?

राजविराज, ८ माघ । नेकपाको कार्यक्रम विवादीत बन्न थालेपछि जिल्ला समन्वय समिति सप्तरीले कार्यक्रम गर्न कुनै पक्षलाई सभाहल नदिने निर्णय गरेको छ ।

समितिले विहिवार सूचना जारी गर्दै कार्यक्रममा नेकपाको दुवै पक्षबाट विवाद हुने सम्भावना देखिएको र सो विवादले सार्वजनिक सम्पत्तीमा क्षति हुनसक्ने भन्दै कार्यक्रम गर्न सभाहल नदिने निर्णय गरेको हो । ओली पक्षका युवा संघ नेपाल सप्तरीले सभाहलमा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको थियो ।

ओली कदमको विरोधमा उत्रिएका दाहाल–नेपाल पक्षका नेता–कार्यकताले विरोध जनाएपछि सो कार्यक्रम राजविराजस्थित रङ्गशालामा सारिएको छ भने कार्यक्रममा हुनसक्ने तनावलाई लक्षित गरी व्यापक प्रहरी परिचालन गरिएको छ ।

यो पनिः 

सप्तरीमा दाहाल–नेपाल समूहका वडाध्यक्षसहित छ जना नेता–कार्यकर्ता प्रहरी नियन्त्रणमा

Author:



क्याटोगरी छान्‍नुहोस